Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं महानगरको निर्वाचन ‘फाइनल परीक्षा’ : कांग्रेस नेता सिंह


    बिहिबार, फाल्गुन १९ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकको निर्वाचन ‘फाइनल परीक्षा’ रहेको बताएका छन् ।

    आगामी ३० वैशाखमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ । ६ महानगरमध्ये सबै राजनीतिक दलको ध्यान काठमाडौं महानगरमा रहेका बेला कांग्रेस नेता सिंहले भने, ‘कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिको मूल्यांकन स्थानीय तहको निर्वाचनबाट हुन्छ । काठमाडौं महानगरको चुनाव ‘फाइनल परीक्षाजस्तै’ हो ।’

    गत चुनावमा महानगरमा एमालेले जित हासिल गरेको उल्लेख गर्दै उनले फोहोरमैला व्यवस्थापन हुन नसकेको, पार्किङकाे समस्या समाधान हुन नसकेकाे भन्दै आलाेचना गरे। अब पाँच वर्षको मूल्यांकन गरेर कांग्रेसले जित हासिल गर्नेगरी मतदातासामु जानुपर्ने उनको भनाइ छ । ‘मुद्दा पहिचान गरेर मतदातासामु जानुपर्छ, त्यसपछि मात्र मतदाताले मत दिन्छन्,’ उनले भने ।

    कांग्रेस काठमाडौं महानगरले आयोजना गरेको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले ३२ वटै वडामा वडा समिति र टोल समितिलाई क्रियाशील बनाउन निर्देशन दिए ।

    चुनावमा सबै नेताहरूले दाबी गर्न पाउने भए पनि ‘मै हुनुपर्छ’ भावना हुन नहुने उनको भनाइ छ । ‘दाबी गर्न पाइन्छ । तर, मै हुनुपर्छ भन्ने हुँदैन । विधि प्रक्रिया छ,’ उनले भने, ‘कांग्रेसमा व्यक्तिभन्दा पनि रुखलाई हेरेर प्रचारप्रसार गर्नुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार