धनगढी। नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अन्तरगत सभापति चयनका लागि हुने दोश्रो चरणको निर्वाचनमा कोइराला समूहले प्रकाश बम नेतृत्वको प्यानललाई सहयोग गर्ने भएको छ ।
बुधबार धनगढीमा बम र कोइराला समुहद्वारा संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै कोइराला समूहले प्रकाश बम समुहलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
कोइराला समुहका नेता ताथा पूर्व जिल्ला सभापति तथा पुर्व केन्द्रिय सदस्य चन्द्रशेखर भण्डारीले कांग्रेसलाई सहि दिंसामा लैजाने शक्ति बममा रहेको हुँदा उनलाई सघाउने निर्णय गरिएको बताए । जिल्लामा गुटको राजनीति गर्र्दै एक सहमुहलाई भित्तामा च्याप्न खोजिएको भन्दै उनले त्यसलाई चिर्नु आवश्यक रहेको बताए ।
कांग्रेस कैलालीको सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा संस्थापन पक्षबाट नारायणदत्त भट्ट, प्रकाश बहादुर वम र शेखर कोइराला समुहबाट रामबहादुर कलेल विच प्रतिष्पर्धा भएको थियो ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापतिका लागि दोश्रो चरणमा प्रतिष्पर्धा हुने भएको हो । पहिलो चरणबाट नै पराजित भएका कोइराला समुहका उम्मेदवार रामबहादुर कलेल सहितको उपस्थितीमा बुधबार प्रकाश बमलाई सघाउने निर्णय गरेको जानकारी गराइएको हो ।
पहिलो चरणमा सभापतिका उम्मेदवार प्रकाश बलमे १ हजार १६९ मत पाएका थिए भने, नारायणदत्त भट्टले १ हजार ७२ मत पाउँदा कोइराला समुहका उम्मेदवार रामबहादुर कलेलले १ सय ९७ मत पाएका थिए । सभापतिका लागि हुने दोश्रो चरणको मतदानमा कोइराला समुहनै निर्णयक हुने देखिएको छ ।
संयुक्त पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस कैलालीका निवर्तमान सभापति नरनारायण शाह ‘मनु’ले पहिलो चरणमा पाएको मतले हौसला थपिएको र दोश्रो चरणमा प्रकाश बम समुहको जीत शुनिश्चित भएको बताए । अहिले पनि अर्को समुहबाट नेता कार्यकर्तालाई प्रलोभन र धम्की आइरहेका भन्दै त्यस्ता प्रलोभनमा नफस्न उनले आग्रह गरे । ‘हामी सजिलै विजयी हुन्छौं,’ मनुले भने, ‘कार्यकर्ताले विचारलाई चिनेका छन्, उहाँमा गुटको भावना छैन, संघर्ष गर्नेहरु इमान्दार कांग्रेसीजनलाई उहाँले एकठाउँमा ल्याउन सक्नु हुन्छ ।’
प्रकाश बलमे एक,डेढ बर्ष अघि देखिनै सभापतिमा लड्ने भन्दै आफुसंग सल्लाह गरेको र उहाँलाई सोही समयमा आफुले समर्थन गर्ने वाचा गरेको उनले बताए । ‘बमलाई मैले पहिलानै वचन दिइसकेको थिएं,’ उनले भने, ‘म वचनमा बाँधिएको थिएं र उहाँलाई सहयोग गरे, सहयोग गर्दा मलाई पश्चाताप पनि छैन ।’
कांग्रेस कैलालीको निर्वाचनमा नारायणदत्त भट्टलाई संस्थापन पक्षले आधिकारिक उम्मेदवारका रुपमा अघि बढाएको थियो । भट्ट प्यानललाई कांग्रेस केन्द्रिय सदस्य, डाक्टर रणबहादुर रावल, जनक चौधरी, नृपबहादुर वड, शुशीला मिश्र भट्ट, जीवन राना लगायतका नेताले समर्थन गरेका थिए भने, प्रकाह बम प्यानलालाई निवर्तमान सभापनि नरनारायण शाह ‘मनु’ ले समर्थन गरेका थिए ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend