Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • मोबाइल पसल फुटाएर चोरी गर्ने दुईजना प्रहरी फन्दामा


    बुधबार, फाल्गुन १८ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय अपराध महाशाखाले मोबाइल पसल फोडेर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गण्डकी नगरपालिका-५ गोरखाका शुरेर गिरी र नेपालगञ्ज-५ बाँकेका गणेश क्षत्री रहेका छन् ।

    गत माघ १० विशालनगरस्थित सुरज इलेक्ट्रिनिक्स मोबाइल पसल फोडेर ३७ थान नयाँ मोबाइल, मर्मतका लागि राखिएको १५ थान मोबाइल, एक थान गितार र २५ थान घडी चोरी गरेको आरोपमा सोमबार पक्राउ गरिएको प्रहरी स्राेतले बताएकाे छ । 

    प्रहरीले उनीहरूको साथबाट ८ थान नयाँ मोबाइल, ५ थान पुराना मोबाइल, ६ थान घडी, एक थान गितार र एक थान पावर बैंक बरामद गरेको छ ।

    उनीहरूलाई महानगरीय अपराध महाशाखाले बुधबार थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पठाएको प्रवक्ता आचार्यले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार