Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठ चाेरी निकासी गर्दैगर्दा पक्राउ परेका व्यक्तिलाई वनका कर्मचारीले त्यसै छाडे


    मंगलबार, फाल्गुन १७ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • उदयपुर । चाेरी निकासी गर्दैगर्दा पक्राउ परेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेर वन कार्यालमा बुझाए पनि वनका कर्मचारीले त्यसै छाडिदिएका छन् ।  प्रहरीले अवैध काठसहित पक्राउ गरी वन कार्यालयलाई बुझाएकाे थियाे तर वन कार्यालयले अनुसन्धान नै नगरिकन छाडिदिएकाे छ ।

     प्रहरीले उदयपुरको बेलका नगरपालिका–२ स्थित गिदेरी खोलाबाट काठसहित एक व्यक्तिलाई पक्राउ गरी सब डिभिजन वन कार्यालय तपेश्वरीमा बुझाएकाे थियाे । 

    इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले साेमबार सप्तकोसी सामुदायिक वन समूहभित्र अवैध रुपमा रुख काटिएको बेला उनलाई पक्राउ गरेका थियो । प्रहरीका अनुसार बयलगाडीमा लोड गरेर लान तयार पारेको अवस्थामा सालको पाँच टुना काठ बरामद भएकाे थियो । काठसहित पक्राउ पर्नेमा बेलका नगरपालिका– २ शान्तिनगरका २८ वर्षीय दिपक रिखाम मगर, ३० वर्षीय विश्वनाथ चन्द्रवंशी, ६५ वर्षीय मानबहादुर मगर र ४५ वर्षीय महेन्द्रबहादुर राई थिए । 

    उनीहरूलाई प्रहरीले बुझाएलगत्तै वन कार्यालयले छाडेकोे स्थानीयकाे भनाइ छ । उनीहरुका अनुसार सब डिभिजन वन कार्यालय तपेश्वरीका कर्मचारीहरू रकमकाे प्रलोभनमा परेर उनीहरूलाई सामुदायिक वनको जिम्मामा लगाएको हो । तर, सब डिभिजन वन कार्यालय तपेश्वरीका सहायक वन अधिकृत विनोदकुमार साहले सामुदायिक वनको विद्यानअनुसार बरामद काठ र मानिसहरू समुहलाईनै जिम्मा लगाएको बताए ।

    सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुमार थापाले सब डिभिजनबाट बुझि लिएकाहरूलाई समूहको निर्णयअनुसार जरिवाना गरेर छोडेको बताए । 

    Prahari-Rampur-650x1024.jpg.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार