Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्यव्यवस्था परामर्श समिति बैठक जारी


    आइतबार, फाल्गुन १५ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । 

    सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा समितिको बैठक बसिरहेको हो । आइतबारै बस्न लागेको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न समितिको बैठक बसिरहेको हो । 

    बिहान ११ बजेका लागि बोलाइएको समितिको बैठक ढिलो गरी सुरु भएको थियो । दलहरू आन्तरिक छलफलमा व्यस्त रहेकाले समितिको बैठक निर्धारित समयमा बस्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ । 

    समितिको बैठक सकिएपछि प्रतिनिधिसभाको बैठक बस्नेछ । सो बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार