Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आमासँग किन सुत्छन् टाइगर ?


    आइतबार, फाल्गुन १५ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं। बलिउड अभिनेता टाइगर श्राफ बलिउडमा नृत्य र अभिनयका लागि चिनिन्छन् । युवतीबीच उनको क्रेज बढ्दो छ ।

    तर, सायद कमैलाई मात्र थाहा होला फिल्ममा नडराउने यी अभिनेता वास्तविक जीवनमा भने निकै डरफोक छन् । यो कुराको खुलासा उनी आफैंले गरेका छन् ।

    टाइगरका अनुसार उनले एक हरर फिल्म हेरेपछि उनी यति डराएकी, त्यसपछिका दिनमा उनी एक्लै सुतेनन् । ‘जब म घरबाहिर हुन्छ या कतै यात्रामा हुन्छु, त्यो समयमा कोही न कोही टिम सदस्यका साथ सुत्छु । घर आउँदा चाहिँ आमासँग सुत्छु’, टाइगरले भनेका छन् । उनले आफ्नो डरबारे आमालाई पनि थाहा भएकाले आफू आमासँग सुत्ने गरेको खुलाए ।

    कामको कुरा गर्दा उनी चाँडै फिल्म ‘गणपत’मा देखिँदैछन् । जसमा उनको अपोजिटमा कृति सेनन छिन् । यो जोडीलाई दर्शकले फिल्म ‘हीरोपन्ती’मा देखिसकेका छन् । उनीहरु फिल्म ‘हीरोपन्ती २’मा पनि सहकार्य गर्दैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार