ललितपुर । महालक्ष्मी नगरपालिकाको टिकाथलीमा बत्तिको पोल ढलेर बाटो अबरुद्ध भएको छ । महालक्ष्मी नगरपालिका वार्ड नम्बर ५ टिकाथली थटिकोटमा हिजो बिहानदेखि बत्तिको पोल ढलेर हिडडुल गर्न तथा सवारी साधन आवत जावतमा समेत अबरोध भएको छ । प्राधिकरणमा मर्मतको लागि निवेदन दिदा प्राइभेट पोल भएकोले हामीले फेर्न नसक्ने भन्दै मर्मतको निवेदन नै नलिई सम्बन्धित ब्यक्तिलाई निबेदन फिर्ता गरेको छ ।
यस बिषयमा बिद्युत प्राधिकरण लुभुमा सोधपुछ गर्दा इन्जिनियर प्रकाश बुडाले ब्यक्तिगत पोल भएकोले बिद्युतप्राधिकरणले तत्काल केही गर्न नसक्ने बताएका छन्। तारसम्म हटाइदिने तर पोलको लागि भने केहि गर्न नसकिने उनले बताए । तार मिलाई दिने भने पनि अहिलेसम्म प्राधिकरणबाट कोही पनि हेर्नसम्म आएका छैनन् ।
झन्डै ४० घरमा यहि पोल हुदै बत्ति लगिएको छ तर पनि ब्यक्तिगत पोल भन्दै प्राधिकरणले मर्मतमा बेवास्ता गरेको स्थानीयको गुनासो छ । प्रधिकरणले सबैसँग बत्तिको पैसा लिने तर मर्मतमा भने बेवास्ता गर्ने गरेको स्थानीयहरुको गुनासो छ ।
हिजोदेखि लडेको पोलको अहिलेसम्म मर्मत नहुनु र जथाभावी बिद्युतको तार बाटोमा छोड्नु सुरक्षाको हिसाबले पनि खतरा हो । झयाप झयाप बत्ति जाने समस्या भोगि रहेकोे र यो बत्तिको पोल पनि ढलेपछि अर्को समस्या झेल्नु परेको थटिकोटवासीको गुनासो छ ।