काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैनिक पार्टी एकताका लागि वार्ता र छलफलमा जुटिरहेका छन् । तर जिल्ला जिल्लामा भने दुवै अध्यक्षका समर्थकहरु एका आपसमा झडपमा उत्रिन थालेका छन् । सोमबार कैलालीमा ओली र प्रचण्डपक्षीय कार्यकर्ताबीच झडप भएको छ ।
ओली समर्थकहरुले राजीनामा माग्ने प्रचण्ड लगतयतका शीर्षनेताहरुलाई गालीगलौज गर्दै नाराबाजी गरेपछि प्रचण्डपक्षीय कार्यकर्ताहरुले बिरोध गरेका थिए । त्यसक्रममा हातपात नै भएको थियो । प्रहरी हस्तक्षेपका कारण अप्रिय स्थिति आउन सकेन । केही दिनदेखि प्रधानमन्त्री ओलीको समर्थनमा विभिन्न जिल्लामा जुलुस र प्रदर्शन भइरहेका छन ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि स्थायी समिति बैठक नै बस्नसकेको छैन । जारी स्थायी समिति बैठक स्थगित हुँदै पुनः बुधबारसम्मका लागि सारिएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरु ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा छन् । तर ओली दुवै पदबाट राजीनामा दिन तयार छैनन् । एउटा पद समेत त्याग गर्न ओली तयार नभएपछि पार्टी नै फुटको दिाशातिर उन्मुख भइरहेको बेला जिल्ला जिल्लामा कार्यकर्ताबीच झडप हुन थालेका छन् ।
कैलालीमा दुई पक्षबीच झडप भएपछि सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तारा लामा तामाङले दुवै पक्षका कार्यकर्तालाई पार्टी एकता बिरुद्ध अभिब्यक्ति नदिन आग्रह गरेका छन् ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend