Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपाका दुई अध्यक्षबीच वार्ता र छलफल, जिल्ला जिल्लामा कार्यकर्ता झडप


    सोमबार, असार २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैनिक पार्टी एकताका लागि वार्ता र छलफलमा जुटिरहेका छन् । तर जिल्ला जिल्लामा भने दुवै अध्यक्षका समर्थकहरु एका आपसमा झडपमा उत्रिन थालेका छन् । सोमबार कैलालीमा ओली र प्रचण्डपक्षीय कार्यकर्ताबीच झडप भएको छ ।

    ओली समर्थकहरुले राजीनामा माग्ने प्रचण्ड लगतयतका शीर्षनेताहरुलाई गालीगलौज गर्दै नाराबाजी गरेपछि प्रचण्डपक्षीय कार्यकर्ताहरुले बिरोध गरेका थिए । त्यसक्रममा हातपात नै भएको थियो । प्रहरी हस्तक्षेपका कारण अप्रिय स्थिति आउन सकेन । केही दिनदेखि प्रधानमन्त्री ओलीको समर्थनमा विभिन्न जिल्लामा जुलुस र प्रदर्शन भइरहेका छन ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि स्थायी समिति बैठक नै बस्नसकेको छैन । जारी स्थायी समिति बैठक स्थगित हुँदै पुनः बुधबारसम्मका लागि सारिएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरु ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा छन् । तर ओली दुवै पदबाट राजीनामा दिन तयार छैनन् । एउटा पद समेत त्याग गर्न ओली तयार नभएपछि पार्टी नै फुटको दिाशातिर उन्मुख भइरहेको बेला जिल्ला जिल्लामा कार्यकर्ताबीच झडप हुन थालेका छन् ।

    कैलालीमा दुई पक्षबीच झडप भएपछि सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तारा लामा तामाङले दुवै पक्षका कार्यकर्तालाई पार्टी एकता बिरुद्ध अभिब्यक्ति नदिन आग्रह गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार