Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिम नेकपाद्धारा पार्टीको एकतामा खलल नपुर्याउन आग्रह


    सोमबार, असार २२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुदूरपश्चिम प्रदेश, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले एकतामा खलल पुग्ने किसिमको कुनै पनि काम नगर्न आग्रह गरेको छ ।

    नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले विज्ञप्तिमार्फत नेकपामा विवाद चर्किरहेको बेला नेकपा पार्टीलाई सुदृढ गर्नुपर्नेमा जोड दिएका हुन् ।

    पार्टीमा देखिएको पछिल्लो विवादले पार्टी पंक्ति, नेता, कार्यकर्ता र शुभेच्छुकलाई चिन्तित तुल्याएको लामाको भनाइ छ । सडक र सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप नगर्न पनि उनले आग्रह गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार