काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे जारी विवाद समाधानको प्रयास गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । साेमबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहाल एक्लाएक्लै वार्तामा बसेको स्रोतले बताएको छ।
आइतबार भएकाे वार्ताले सहमति खाेज्ने विषयमा दुई अध्यक्ष तयार भएका थिए । साेहीकारण आज दुई अध्यक्षकाे सघन वार्ता चलेकाे बुझिएकाे छ । आइतबार भएकाे वार्तामा भने ओली पक्षका विष्णु पौडेल र शंकर पाेखरेल छलफलमा सहभागी थिए भने प्रचण्ड पक्षका वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।
पार्टीकाे विवाद बढ्दै गएपछि नेकपाका दाेस्राे तहका नेताहरु सक्रिए भइ शीर्ष नेतृत्वलाई दबाब दिएसँगै वार्ताबाटै सहमति खाेज्ने प्रयास भएकाे हाे ।
यस्तैगरी सहमतिकाे खाेज्ने भन्दै स्थायी समिति बैठक पनि थप दुई दिनका लागि स्थगित गरिएकाे छ ।
यसअघि स्थायी समिति बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीकाे राजीनामा मागेका थिए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend