काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे जारी विवाद समाधानको प्रयास गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । साेमबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहाल एक्लाएक्लै वार्तामा बसेको स्रोतले बताएको छ।
आइतबार भएकाे वार्ताले सहमति खाेज्ने विषयमा दुई अध्यक्ष तयार भएका थिए । साेहीकारण आज दुई अध्यक्षकाे सघन वार्ता चलेकाे बुझिएकाे छ । आइतबार भएकाे वार्तामा भने ओली पक्षका विष्णु पौडेल र शंकर पाेखरेल छलफलमा सहभागी थिए भने प्रचण्ड पक्षका वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।
पार्टीकाे विवाद बढ्दै गएपछि नेकपाका दाेस्राे तहका नेताहरु सक्रिए भइ शीर्ष नेतृत्वलाई दबाब दिएसँगै वार्ताबाटै सहमति खाेज्ने प्रयास भएकाे हाे ।
यस्तैगरी सहमतिकाे खाेज्ने भन्दै स्थायी समिति बैठक पनि थप दुई दिनका लागि स्थगित गरिएकाे छ ।
यसअघि स्थायी समिति बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीकाे राजीनामा मागेका थिए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend