काठमाडौं । नेपाली कांग्रेसका युवानेता तथा सांसद गगनकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादमा नेपाली कांग्रेसलाई देखाएर एक अर्कालाई तर्साउन बन्द गर्न आग्रह गरेका छन् ।
सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्–‘जनताले पाँच बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भूमिकामा रहने म्याण्डेट दिएका हुन् । यसमा हामी स्पष्ट छौं’,‘कांग्रेससँगको सामिप्यता देखाएर नेकपाभित्रको गुटको विवादमा एक–अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अवमूल्यन हो । प्रवृत्ति फेर, धन्दा छोड ।’
नेकपाको विवाद उत्कर्षमा पुगेको र पार्टी नै फृटको दिशातिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग सत्ता साझेदारी गर्न लागेको हल्ला चलेपछि गगन थापाले यस्तो लेखेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाका दुवै पक्षले आफूसँग सहयोग मागेको खुलासा गरेका छन् ।
यसबारेमा नेपाली कांग्रेसके केन्द्रीय कार्य समितिको बैठकमा पार्टी नेता रामचन्द्र पौडेलले पार्टी सभापतिसँग जवाफ पनि माग गरेका थिए । त्यसक्रममा सभापति देउवाले प्रधानमन्त्रीसँग भेटघाट भएको र त्यहाँ संवैधानिक परिषदका विषयमा मात्र कुराकानी भएको जानकारी गराएका थिए ।
हिजो (आइतबार) विहान नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश कांग्रेस सभापति देउवासम्म पुर्याएको विषयले पनि चर्चा पाएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend