Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै नेकपामा हस्ताक्षर अभियान सुरु


    आइतबार, असार २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कोे स्थायी कमिटी बैठक चलिरहेकै अवस्थामा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ । केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै अहिलेसम्म १ सय बढी नेताले हस्ताक्षर गरिसकेका छन् ।

    नेकपा अध्यक्ष प्रचण्डसहितका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुवै पदबाट राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा छ । पार्टी नै फुट्ने चिन्ता नेता कार्यकर्तामा ब्याप्त छ । प्रधानमन्त्री ओली दुवै पद नछाड्ने अडानमा छन् ।

    स्थायी समिति बैठक नै नटुंगिदै केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर गर्नेहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार