काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ। पछिल्लाे समय नेकपा भित्रकाे विवाद चर्किँदै गएकाले याे छलफललाई महत्वका साथ हेरिएकाे छ ।
छलफलमा प्रम ओली निकटका नेता विष्णु पौडेल र शंकर पोखरेल उपस्थित छन् भने प्रचण्डनिकटका वर्षमान पुन र जनार्दन शर्मा पनि सामेल भएकाे थाहा भएकाे छ ।
प्रम ओली र प्रचण्डबीच शनिबारकाे स्थायी कमिटी बैठक स्थगित गर्ने सहमती भएकाे थियाे । विवाद समाधानका लागि समय चाहिएकाे बताएपनि शनिबार साँझ मन्त्री तथा राज्य मन्त्रीहरुसँगकाे छलफलमा आफू र राष्ट्रपति विरुद्ध पार्टीका नेताहरु लागेकाले कडा कदम चाल्न लागेकाे संकेत गरेका थिए । उनले राष्ट्रपति विरुद्ध महाभियाेग प्रस्ताव ल्याउन लागेकाले संसद् अधिवेशन अन्त्य गरेकाे मन्त्रीहरुलाई बताएका थिए ।
यस्तैगरी आजै प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले राष्ट्रपतिसँग भेट गरेका छन् । करिब १ घण्टाकाे साे भेटमा ती नेताहरुले प्रधानमन्त्री ओलीका गलत कदममा साथ नदिन राष्ट्रपतिलाई आग्रह गर्दै नैतिक दबाब दिएकाे स्राेतकाे दावी छ । यस्तै महाभियाेगकाे आराेप पनि निराधार भएको भन्दै राष्ट्रपतिलाई आश्वस्त पारेकाे बताइएकाे छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend