काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ। पछिल्लाे समय नेकपा भित्रकाे विवाद चर्किँदै गएकाले याे छलफललाई महत्वका साथ हेरिएकाे छ ।
छलफलमा प्रम ओली निकटका नेता विष्णु पौडेल र शंकर पोखरेल उपस्थित छन् भने प्रचण्डनिकटका वर्षमान पुन र जनार्दन शर्मा पनि सामेल भएकाे थाहा भएकाे छ ।
प्रम ओली र प्रचण्डबीच शनिबारकाे स्थायी कमिटी बैठक स्थगित गर्ने सहमती भएकाे थियाे । विवाद समाधानका लागि समय चाहिएकाे बताएपनि शनिबार साँझ मन्त्री तथा राज्य मन्त्रीहरुसँगकाे छलफलमा आफू र राष्ट्रपति विरुद्ध पार्टीका नेताहरु लागेकाले कडा कदम चाल्न लागेकाे संकेत गरेका थिए । उनले राष्ट्रपति विरुद्ध महाभियाेग प्रस्ताव ल्याउन लागेकाले संसद् अधिवेशन अन्त्य गरेकाे मन्त्रीहरुलाई बताएका थिए ।
यस्तैगरी आजै प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले राष्ट्रपतिसँग भेट गरेका छन् । करिब १ घण्टाकाे साे भेटमा ती नेताहरुले प्रधानमन्त्री ओलीका गलत कदममा साथ नदिन राष्ट्रपतिलाई आग्रह गर्दै नैतिक दबाब दिएकाे स्राेतकाे दावी छ । यस्तै महाभियाेगकाे आराेप पनि निराधार भएको भन्दै राष्ट्रपतिलाई आश्वस्त पारेकाे बताइएकाे छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend