Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिलाई नैतिक दबाब दिन प्रचण्ड, माधव र झलनाथ शितल निवासमा


    आइतबार, असार २१ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्।

    शनिबार प्रधानमन्त्रीले क्याबिनेटका मन्त्रीहरुसँगकाे भेटमा राष्ट्रपतिलाई महाभियाेग लगाउन लागेकाले संसद् अधिवेशन अन्त्य गर्नुपरेकाे बताएका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटपछि याे बारेमा बताएका थिए । 

    साेही विषयमा कुरा गर्नका लागि शीर्ष नेताहरु शितल निवास गएकाे नेकपा निकट स्राेतले बताएकाे छ । भेटमा अहिलेकाे अवस्थामा राष्ट्रपति तटस्थ बस्‍नका लागि नैतिक दबाब दिने तयारी रहेकाे स्राेतकाे दाबी छ । तीन नेता आइतबार बिहान ११ बजे शितल निवास पुगेका हुन् । 

    पछिल्लाे समय नेकपाभित्रको विवादकाे घेरामा राष्ट्रपति पनि परेकी छिन् । संसद् अधिवेशन अन्त्य गर्ने निर्णयलाई तत्कालै कार्यन्वयन गरेपछि यसअघि प्रचण्ड पनि राष्ट्रपतिसँग भेट गर्न गएका थिए । भेटमा प्रचण्डले राष्ट्रपति तटस्थ बस्‍नु पर्ने विचार राखेका थिए ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार