Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा विवाद उत्कर्षमा, नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा


    आइतबार, असार २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको र जारी स्थायी समिति बैठक समेत बस्न नसकिरहेको बेला नेकपाका दुई अध्यक्षबीच आज पनि छलफल भइरहेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्षसमेत रहेका केपी शर्मा शर्मा ओलीसँग वार्ताका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार गएका छन् । सोमबार स्थायी कमिटी बैठक बस्दैछ । त्यसअघि नै दुई अध्यक्षबीच सहमतिको प्रयास भइरहेको नेकपाका एक नेता बताउँछन् ।

    स्थायी कमिटी बैठकमा अधिकांश अधिकांश सदस्यहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद निम्तिएको छ । प्रधानमन्त्री ओली दुवै पद नछाड्ने अडानमा छन् । प्रचण्ड, माधव नेपालहरु दुईमध्ये एक पद छाड्नुपर्न अडानमा छन् ।

    प्रधानमन्त्री ओलीले नेकपाभित्रैबाट आफू र राष्ट्रपति विद्या भण्डारीबिरुद्ध षडयन्त्र भएको खुलासा शनिबार बेलुका बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँग गरेका छन् । राष्ट्रपति भण्डारीबिरुद्ध अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु माधव नेपाल समूहले महाभियोग नै ल्याउन लागेको आरोप लगाएका छन् । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक संजाल ट्वीटरमार्फत् त्यसको खण्डन गरिसकेका छ्न ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार