काठमाडौं । नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको र जारी स्थायी समिति बैठक समेत बस्न नसकिरहेको बेला नेकपाका दुई अध्यक्षबीच आज पनि छलफल भइरहेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्षसमेत रहेका केपी शर्मा शर्मा ओलीसँग वार्ताका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार गएका छन् । सोमबार स्थायी कमिटी बैठक बस्दैछ । त्यसअघि नै दुई अध्यक्षबीच सहमतिको प्रयास भइरहेको नेकपाका एक नेता बताउँछन् ।
स्थायी कमिटी बैठकमा अधिकांश अधिकांश सदस्यहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद निम्तिएको छ । प्रधानमन्त्री ओली दुवै पद नछाड्ने अडानमा छन् । प्रचण्ड, माधव नेपालहरु दुईमध्ये एक पद छाड्नुपर्न अडानमा छन् ।
प्रधानमन्त्री ओलीले नेकपाभित्रैबाट आफू र राष्ट्रपति विद्या भण्डारीबिरुद्ध षडयन्त्र भएको खुलासा शनिबार बेलुका बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँग गरेका छन् । राष्ट्रपति भण्डारीबिरुद्ध अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु माधव नेपाल समूहले महाभियोग नै ल्याउन लागेको आरोप लगाएका छन् । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक संजाल ट्वीटरमार्फत् त्यसको खण्डन गरिसकेका छ्न ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend