Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • प्रधानमन्त्री ओली मन्त्रीहरुसँग छलफलमा ब्यस्त


    शनिबार, असार २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरी बालुवाटार फर्किएका छन् । शनिबार साँझ उनी राष्ट्रपति भण्डारीलाई ब्रिफिङ गर्न शीतलनिवास गएका थिए । उनी शितलनिवास जानुअघि मन्त्री र राज्यमन्त्रीहरुलाई बालुवाटारमा बोलाइएको थियो । राष्ट्रपतिलाई भेटेर फर्किएपछि उनी मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गरिरहेका छन् ।

    प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई पार्टीभित्रको विवाद र आगामी रणनीतिका बिषयमा छलफल गर्न बोलाएको बताइएको छ । मन्त्रिपरिषद बैठक नभएर मन्त्री र राज्यमन्त्रीहरुसँग छलफलका लागि बोलाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । मन्त्री र राज्यमन्त्रीहरु झण्डा हल्लाएरै सरकार ढाल्ने खेलमा लागेको बिषयमा भने प्रधानमन्त्री गम्भीर भएको स्रोतले बताएको छ । स्रोतका अनुसार त्यो बिषयमा छलफल गर्नका लागि पनि ओलीले मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएका हुन् ।

    प्रधानमन्त्री ओली शितलनिवास जानु र बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाइएको बिषयमा बाहिर भने अनेक अनुमान गर्न थालिएको छ । राष्ट्रपति भण्डारीसँग पार्टी फुटाउनका लागि अध्यादेश जारी गर्न गएको अड्कलबाजी पनि कतिपयले गरेका छन् ।

    नेकपा नेताहरुका अनुसार शनिबार अपरान्ह ४ बजे बालुवाटारमा ओली र प्रचण्डवीच छलफल गर्ने कार्यसूची तय भएको थियो । दुई अध्यक्षको भेटपछि खुमलटारमा प्रचण्ड(माधव पक्षीय सचिवालय सदस्यहरुको छलफल तय भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार