काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद झन् पेचिलो बन्दै गएको छ । शुक्रबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच संवाद भएपछि मिल्ने अपेक्षा गरिएको थियो । तर झन् झन् अविश्वास बढ्दै गएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका छन् । पार्टीभित्रको पछिल्लो विवादबारे छलफल गर्न उनले मन्त्रीहरुलाई बोलाएका छन् ।
मन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्री ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न उनी शीतलनिवास गएका हुन् । मन्त्रिहरुलाई बोलाएकाले ओलीले कुनै महत्वपूर्ण निर्णय गर्न लागेको आँकलन गरिएको छ ।
शुक्रबार ओली र प्रचण्डबीच लामो छलफल भएपनि सहमति हुन नसकेपछि टकराव बढेको छ । शनिबारको स्थायी कमिटी बैठकसमेत स्थगित गरिएको छ । प्रधानमन्त्री ओलीले समय मागेपछि स्थायी समिति बैठक स्थगित गरिएको थियो ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend