Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा मन्त्रीहरुलाई बोलाइयो, प्रधानमन्त्री राष्ट्रपति भेट्न शितलनिवास


    शनिबार, असार २० २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद झन् पेचिलो बन्दै गएको छ । शुक्रबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच संवाद भएपछि मिल्ने अपेक्षा गरिएको थियो । तर झन् झन् अविश्वास बढ्दै गएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका छन् । पार्टीभित्रको पछिल्लो विवादबारे छलफल गर्न उनले मन्त्रीहरुलाई बोलाएका छन् ।

    मन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्री ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न उनी शीतलनिवास गएका हुन् । मन्त्रिहरुलाई बोलाएकाले ओलीले कुनै महत्वपूर्ण निर्णय गर्न लागेको आँकलन गरिएको छ ।

    शुक्रबार ओली र प्रचण्डबीच लामो छलफल भएपनि सहमति हुन नसकेपछि टकराव बढेको छ । शनिबारको स्थायी कमिटी बैठकसमेत स्थगित गरिएको छ । प्रधानमन्त्री ओलीले समय मागेपछि स्थायी समिति बैठक स्थगित गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार