Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कांग्रेस संसदीय दलकाे बैठक बस्दै, मुख्य एजेण्डा ‘महाभियाेग’


    मंगलबार, फाल्गुन ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्तासीन नेपाली कांग्रेसकाे संसदीय दलको बैठक आज मंगलबार बस्दैछ ।

    कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालका अनुसार बैठक बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

    आजकाे बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएकाे महाभियाेग प्रस्तावकाे समीक्षा र आगामी रणनीति रहेकाे छ । त्यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले बताइन् ।

    गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । जबराविरुद्ध गलत समयमा महाभियाेग दर्ता भएकाे भन्दै प्रमुख प्रतिपक्षी एमाले क्रुध छ । 

    एमाले संसदीय दलकाे बैठक साेमबार बसेकाे थियाे ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार