Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले पनि बोलायो संसदीय दलको बैठक


    सोमबार, फाल्गुन २ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव गरेको भोलिपल्ट कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान ९ बजे बस्ने गरी दलको बैठक बोलाएका हुन् ।

    पदीय आचरण र व्यवार नदेखाएको, आर्थिक अनियमिततामा मुछिएको, न्याय सम्पादनमा कमजोरी गरेकोलगायतका कारण देखाउँदै कांग्रेसले प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार महाअभियोग प्रस्ताव दर्ताका लागि आफ्ना पार्टीका सांसदरूको हस्ताक्षर गर्न लगाएको थियो ।

    प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने विषयमा सांसदहरूलाई नै जानकारी नगराएको भन्दै असन्तुष्टि देखिएको छ । आइतबार बसेको पदाधिकारी बैठकमा पनि नेताहरूले यसबारे पार्टीमा पहिले छलफल नभएको बताएका थिए । मंगलबार बस्ने दलको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल हुने कांग्रेसका नेतारू बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार