Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एमाले संसदीय दलकाे बैठक बस्दै


    सोमबार, फाल्गुन २ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज साेमबार बस्दैछ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो । 

    कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

    महाभियोग दर्ता भएसँगै आइतबार बसेकाे एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेकाे छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार