Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको एमालेको टिप्पणी


    आइतबार, फाल्गुन १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको प्रमुख प्रतिपक्षी दल एमालेले टिप्पणी गरेको छ ।

    एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत महाअभियोगबारे टिप्पणी गरेका हुन् ।

    उनले महाअभियोग प्रस्तावलाई लिएर तीनबुँदे आरोप लगाएका छन् । रिजालले लेखेका छन्– १. प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ । यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ । २. स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ ।प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ । ३. सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार