काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मधेस प्रदेश जाने भएका छन् । मधेस प्रदेशले आयोजना गर्न लागेको जनयुद्ध दिवसको अवसरमा प्रचण्ड आज मधेस प्रदेश जाने भएका हुन् ।
जनयुद्ध दिवसको अवसर पारेर मधेस प्रदेशले आज सार्वजनिक विदा समेत दिइसकेको छ। ‘०७८ फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर बिदा दिइएको सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।
तत्कालीन माओवादीले २०५२ फागुन १ गतेदेखि १० वर्ष लामो सशस्त्र जनयुद्ध गरेको थियो । ०६२–६३ को जनआन्दोलपछि माओवादी जनयुद्ध पनि समाप्त भएको थियो ।
मधेस जानुअघि प्रचण्डले २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह समेत गरेका छन् । देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन ती घटकलाई आह्वान गरेको प्रचण्डको भनाइ छ।
माओवादी केन्द्रले पछिल्लो समय मधेस प्रदेशमा संगठन विस्तारलाई विशेष ध्यान दिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend