चितवन।नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचन आउन लागेकाले सतर्क रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने भन्दै उनले निर्वाचनमा पार्टीलाई जिताउन सतर्क भएर बस्न आग्रह गरेका हुन् ।
पूर्व सांसद स्वर्गीय एकनाथ रानाभाटको प्रथम स्मृति सभामा सहभागी हुन शनिबार चितवन आएका महतले काँग्रेसको जिल्ला अधिवेशनले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्न पनि नहुने बताए । कांग्रेस चितवनको जिल्ला अधिवेशन १३ फागुनमा गर्ने कांग्रेसले निर्णय गरेको छ ।
पार्टीको लक्ष्य प्राप्तिको लागि निर्वाचन जित्नै पर्ने भन्दै उनले एक ढिक्का भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरे । ‘कम्युनिस्टहरू जतिसुकै झगडा गरे पनि तुरुन्तै मिलेर भोट हाल्न सक्छन्’, उनले भने, ‘यसतर्फ कांग्रेस सतर्क हुनुपर्छ ।’
नेता महतले गठबन्धनको स्थायित्वका विषयमा कांग्रेसले आवश्यकताका आधारमा निर्णय लिने बताए । ‘निर्वाचनमा गठबन्धन गर्दैनौं भन्यो भने कम्युनिस्टहरू मिल्न सक्छन्’, उनले भने, ‘त्यसको विषयमा कांग्रेसले पछि निर्णय लिने छ ।’
फरक प्रसंगमा बोल्दै उनले एमसीसी सम्झौताको पक्षमा सबै दलहरूको समर्थन रहे पनि केही अमुक मान्छेहरूले गलत प्रचार गरिरहेको आरोप लगाए । पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका महतले एमसीसी सम्झौता संसदबाट पास भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने गलत कुरा भएको बताए ।
‘एमसीसीका बारेमा अहिले भएको विरोध नियोजित हो’, उनले भने, ‘एमसीसीलाई राजनीतिकरण गर्न खोजियो ।’ सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको भन्दै उनले सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्मा पेस गर्छु, यो गर्दिनँ भन्न नमिल्ने बताए । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend