Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली–दाहाल वार्ताः भोलि फेरि बस्नेगरी टुंगियो


    शुक्रबार, असार १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र सहमति खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा छलफल भएको छ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी थिए । विगतमा भएका सहमतिका साक्षीका रुपमा पौडेल र शर्मालाई राखिएको थियो । अध्यक्षद्धयबीच ३ घन्टा वार्ता भएको थियो ।
    शुक्रबार दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलबाट कुनै निष्कर्ष ननिस्केको र पुनः शनिबार छलफल गर्ने सहमति भएको बताइएको छ ।

    दुई अध्यक्षबीचको छलफल सौहार्दपूर्ण रुपमा भएको र शनिबारको स्थायी समिति बैठक अघि फेरि बस्ने सल्लाह भएको कुरा सार्वजनिक भएको छ ।
    नेकपाको स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार