Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अधिकारको सीमाभित्रै रहेर जनभावना अनुसार काम गर्छु : प्रदेश प्रमुख जोशी


    शुक्रबार, माघ २८ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले संविधानले दिएका अधिकार प्रत्यायोजन गर्दै जनताका गुनासालाई पनि सम्बोधन गरिने बताएका छन् ।

    शुक्रबार धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश प्रमुख जोशीले संविधानले दिएका अधिकारभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने बताए । तर, आफूले सक्रिय राजनीतिमा रहेकै वेला प्रदेश प्रमुखको जिम्मेवारी पाएको भन्दै उनले जन अपेक्षालाई बेवास्ता गर्न नसकिने बताए । 

    प्रदेश प्रमुख जोशीले भने, ‘सक्रिय राजनीतिमा रहेका बारण जनताले मप्रति अपेक्षा गर्नू स्वाभाविक हो । ती आकांक्षालाई बेवास्ता गरिने छैन । अधिकारको सीमामा रहेर उनीहरूका भावना समेट्ने प्रयत्न गर्ने छु ।’ आफू प्रदेशकै नागरिक भएको बताउँदै उनले आफ्नो क्षेत्रको विकासबारेमा सोच्नु कर्तव्य हुने बताए ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार