काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदलाई भेन्टिलेटरमा राखिएको आराेप लगाएका छन् ।
शुक्रबार स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण तालिम’ कार्यक्रमको उद्घाटन गर्दै उनले सरकारले राष्ट्रिय हितमा काम गर्न नसकेको बताउँदै यस्ताे आराेप लगाएका हुन् ।
‘सभामुख हाम्रो पार्टी फुटाउने अभियानमा लाग्छन्। हाम्राविरूद्ध मुद्धा लड्न अदालत पुग्छन्। यस्तो अवस्थामा संसद निरर्थक भइरहेको छ । निर्वाचन हुन नदिने, संसद चल्न नदिने काम भएको छ,’ उनले भने,’निष्प्रभावी बनाएर संसदलाई भेन्टिलेटरमा राखिएको छ। ज्युँदै छैन भनम् भने संसद छ तर ताजा जनादेश लिने भन्दा प्रतिगमन भन्छन्।’
ओलीले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको तर्क गर्दै राजनीतिक अवस्थाप्रति सरकार गैरजिम्मेवार बनेको समेत बताए ।
‘शक्ति राष्ट्रहरूको खेल मैदान बनाउन खोजिएको छ । हाम्रो भूमि फिर्ता ल्याउने कुनै प्रयास भएको छैन,’ ओलीले भने,’राष्ट्रको भौगोलिक अखण्डतामाथि खेलबाड गर्ने आपराधिक क्रियाकलाप भइरहेको छ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend