Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु


    शुक्रबार, माघ २८ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । 

    सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बैठक केहिबेरअघि सुरु भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराए । 

    हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भातृ  तथा सुभेच्छुक संस्थाको अधिवेशन र बाँकी रहेका जिल्लाहरुको अधिवेशनको सम्बन्धमा छलफल भईरहेको छ । 

    पाण्डेका अनुसार स्थानीय तहको निर्वाचनको रणनीतिको सम्बन्धमा पनि छलफल हुँदैछ । 

    पार्टी सभापति, पदाधिकारीसहित सबै ३७ जना समिति सदस्यले धारणा राख्ने क्रम सकिएमा  बैठक आजै सकिने नत्र भोलीसम्म चल्ने उनले बताए । 

    कांग्रेसले बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा छलफल गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार