काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन पछि मात्रै अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नुपर्ने प्रस्ट पारेको छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हिजो साँझ भएको टेलिफोन वार्ताका बारेमा प्रस्टीकरण दिदैँ प्रचण्डको सचिवालयले निर्वाचन पछि मात्रै एमसीसी पारित गर्नुपर्ने बिषयमा छलफल भएको जनाएको छ ।
प्रचण्डका स्वकिय सचिव रमेश मल्लले अध्यक्ष प्रचण्ड र एमाले ओलीका बीचमा टेलीफोन सम्वाद भएको जनाउँदैँ, ‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो, यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं’ भन्दै प्रस्ताव गरेको स्विकार गरेका छन् ।
‘यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं, देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौ’ मल्लले अध्यक्ष प्रचण्डको भनाई उद्यृत गर्दै जानकारी दिए । तर, एमाले अध्यक्ष ओलीले प्रचण्डको सो प्रस्तावलाई गम्भीरतापुर्वक नलिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार अध्यक्ष ओलीले जवाफमा भने, ‘बरु तपाईंहरुसङ्ग बहुमत छ, पास गर्नुस तर गैर संसदमा रहदासम्म संसद चल्न भने दिन्नौ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भयो ।’ अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला सहायक बिदेश मन्त्री डोनाल्ड लुले बिहिवार साँझ फोन गरेर अध्यक्ष प्रचण्डलाई २६ फ्रेबुअरी भित्र एमसीसी पारित गर्न दबाब दिए पछि प्रचण्डले एमाले अध्यक्ष ओलीसँग टेलिफोन वार्ता गरेका थिए ।
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend