काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले स्थानीय तहको निर्वाचन गराउनेमा शंका व्यक्त गरेका छन् ।
शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले निर्वाचन तोकिएकै मितिमा गराउन सबैलाई सतर्क रहन आग्रह समेत गरे ।
‘एउटा उखान छ– ढाँटको निम्तो खाइ पत्याइनु । जबसम्म खाइदैन तबसम्म ढाँटले निम्तो गर्यो भने भोकै बस्न पर्छ,’ ओलीले भने, ‘अझै पनि हामी सजकताका साथ निर्वाचन निश्चित रुपमा गराउने र अहिले तोकिएअनुसार निर्वाचन गराउने कुरामा सजकताका साथ लाग्नुपर्छ । निर्वाचन नगराउने षडयन्त्र हुनसक्छ ।’
एमालेको दबाबकै कारण सरकारले २०७९ वैशाख ३० गते एकेचरणमा गर्नेगरी स्थानीत तह निर्वाचनको मिति घोषणा गरेको दाबी उनले गरे ।
स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि पनि सरकारमा सहभागी कोही अदालत जाने कोही निर्वाचन हुनै सक्दैन भन्दै हिडेकोले आशंका बढाएको उनले बताए ।
‘स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेपछि गठबन्धनबाट यी कुरा आएका छन् । गठबन्धन देशलाई असंवैधानिक बाटोमा लैजाने प्रयासमा अहिले पनि लागिरहेको छ । हामी सजग रहनुपर्छ,’ ओलीले भने ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend