Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीकी नेतृ भन्छिन्- एमसीसीकै कारण गठबन्धन टुट्छ भने टुटोस्


    शुक्रबार, माघ २८ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम।नेकपा एकीकृत समाजवादीकी नेतृ मदनकुमारी शाह ‘गरिमा’ले एमसिसी पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताएकी छन् ।

    ‘राष्ट्रियताभन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न तयार छौं । तर, एमसिसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिदैनौं,’ राष्ट्रियसभा सदस्यसमेत रहेकी शाहले भनिन् ।

    कार्यकर्ता भेटघाटमा अछाम पुगेकी शाहले एमसीसी कुनै पनि हालतमा अनुमोदन हुन नहुने बताइन् । ‘एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा जनतालाई स्वीकार्य हुँदैन । यो खारेज हुनुपर्छ,’ उनकाे भनाइ छ ।  उनले पाँच दलीय सत्ता गठबन्धन फुटाउने वा जुटाउने कारक एमसिसी बन्न नहुने पनि बताइन् ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार