Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसी पास गर्न देउवा, ओली र प्रचण्डलाई अमेरिकी विदेश मन्त्रीको ‘धम्कीपूर्ण’ फोन


    शुक्रबार, माघ २८ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास नहुने संकेत देखिएपछि अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्रीसहित शीर्ष दुई दलका अध्यक्षहरुलाई फोन गरेर पास गराउन चेतावनी दिएका छन् ।

    विदेशमन्त्री लूले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर एमसीसी पास गराउन चेतावनी दिएका हुन्। 

    एमाले अध्यक्ष ओलीनिकट उच्च स्रोतले जनाएअनुसार फोनमा विदेशमन्त्री लूले एमसीसीबारे तत्काल निर्णय लिन आग्रह गर्दै एमसीसी फिर्ता भए चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने भन्दै चेतावनी दिएको छ ।

    नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन प्रयास गरेपनि सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादी तयार छैन । त्यसैले पनि देउवाले यतिबेला एमाले अध्यक्ष ओलीको साथ खोजिरहेका छन् ।

    प्रमुख विपक्षी नेकपा एमालेको सहयोग खोजेका देउवालाई ओलीले भने संसदमा टेबल भएर सत्तारुढ गठबन्धनको धारणा नआएसम्म नबोल्ने जनाएका छन्।

    एमसीसीले ६ फेब्रुअरी (२३ माघ) मा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पत्र लेखेर २८ फेब्रुअरी (१६ फागुन) सम्ममा निर्णय लिइसक्न म्याद दिएको छ । एमसीसी सम्झौता लामो समयदेखि संसदमा विचाराधीन छ ।

    यसैबीच नेकपा एमालेका नेता भीम रावलले प्रमुख पार्टीका शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीले एमसीसी पास गर्न धम्की र चेतावनी दिएको भन्दै त्यसबारे जानकारी माग गरेका छन् । 

    नेता रावलले शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने समाचारहरु आएकाले यसबारे यथार्थ जानकारी दिन माग गरेका हुन् ।

    यदि यसरी धम्की दिइएको भए एमसीसीसँगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानकाविरूद्ध भएको थप पुष्टि हुने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘अनुदान’ मा धम्की ?’

    अमेरिकी मन्त्रीको धम्कीले एमसीसी नेपालको हितविरुद्ध भएको थप पुष्टि : भीम रावल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार