Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस भन्छ- संसदमा एमसीसी टेबुल गर्न सभामुखले रोक्न मिल्दैन


    बिहिबार, माघ २७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सभामुखले एमसीसी रोक्न नपाउने बताएको छ । बुधबार केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आजको बैठकमा एमसीसी र स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल भएको बताए । महतले एमसीसीलाई कसरी स‌ंसदमा टेबुल गर्ने भन्ने विषयमा छलफल भएको छ । 

    प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी रोक्न नपाउने निष्कर्ष कांग्रेसले निकालेको छ । 

    ‘बैठकले एमसीसीको बारेमा छलफल गरेको छ । एमसीसी पारित गर्नुपर्छ भन्नेमा हामी प्रस्ट छौं । सभामुखको काम सरकारले पठाएका विधेयक सदनमा टेबुल गर्ने हो, त्यहाँ छलफल गराउने हो । एमसीसी पनि रोक्न पाउनुहुन्न,’ उनले भने ।

    उनले कांग्रेसले एमसीसी बारेको भ्रम जनतामाझ गएर चिर्ने बताएका छन् । यसका साथै बैठकमा स्थानीय तह निर्वाचनमा कसरी जाने भन्ने विषयमा समेत छलफल भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार