Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, के विषयमा भयाे छलफल ?


    बिहिबार, माघ २७ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

    बिहीबार बिहान साढे १० बजेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।

    प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले समसामयिक विषयमा उनीहरुबीच  करिब एक घण्टा छलफल भएको बताए ।

    आजै बिहान काँग्रेस नेता शेखर कोइराला र प्रचण्डबीच पनि छलफल भएको थियो । कोइरालासँग भेटवार्तापछि माधव नेपालसहित प्रचण्ड बालुवाटार पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार