Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डलाई शेखरले भने – माओवादीसँग गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा छैन


    बिहिबार, माघ २७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । अमेरिकी सहयोग परियोजना (एमसिसी) र स्थानीय तहको चुनावमा गठबन्धन बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइराला छलफल भएको छ ।

    बिहीबार बिहान अध्यक्ष दाहाललाई भेट्न उनकै निवास खुमलटार पुगेका कोइराला थिए ।

    कोइरालाले कांग्रेस माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान नसक्ने स्पष्ट पारिदिएको भेटमा सहभागी नेता कांग्रेस नेता अमरेशकुमार सिंहले बताए।

    ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर सहयोग गर्न प्रचण्डले भन्नुभयो, तर उहाँले गठबन्धन कुनै हालतमा नगर्ने आफ्नो स्पष्ट धारणा हो भन्नुभयो,’ सिंहले भने।

    माओवादीसँग गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा नै नरहेको भन्दै कोइरालाले गठबन्धन गर्न नसकिने बताएका थिए ।

    यस्तै, कोइरालाले एमसिसीको बारेमा राष्ट्रिय सहमति जुटाउन दाहाललाई आग्रह गरेको सिंहले बताए ।

    ‘राष्ट्रिय सहमति जुटाई संसद खुलाउन पहल गर्नुस्, एमसिसीको बारेमा त्यहीँबाट निकास दिनुपर्छ,’ कोइरालाले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार