Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा पदाधिकारीको बैठक बस्दै


    बिहिबार, माघ २७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बिहीबार बस्दैछ ।

    बिहीबार बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका  निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक डाकेकाे हो ।

    पार्टीभित्रकाे गुट-उपगुट अन्त्य र पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने उनले बताए ।

    राप्रपामा अध्यक्षसहित निर्वाचित ७ तथा मनोनित २४ गरी ३१ पदाधिकारी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार