Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थानीय निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेबारे अध्ययन गर्न कार्यदल गठन


    बुधबार, माघ २६ २०७८
    3.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन  प्रयोगबारे अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ । 

    आयोगले निर्वाचनको तयारीस्वरुप मेसिन प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो ।  विज्ञहरुसहितको बुधबार निर्वाचन आयोगमा भएको छलफलमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको आयोगका प्रवक्ता, सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    उनका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदललाई ७ दिनको समय दिइएको छ ।

    कुन-कुन निर्वाचन क्षेत्र/स्थानीय तहमा यस्तो मेसिन प्रयोग गर्नेबारे कार्यदलले सुझाव दिने प्रवक्ता पौडेलले बताए । कार्यदलमा नेपाल सरकारका आईटी विज्ञहरू रहेको उनले जानकारी दिए ।

    कार्यदललाई विद्युतीय भोटिङ मेसिनको उपलब्धता, यसको विश्वसनीयता, प्रयोगको सम्भाव्यता आदिका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन भनिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार