काठमाडौं । दुई तिहाई बहुमतको नजिक शक्ति हासिल गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । स्वयं दोस्रो बरियताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुट र ऐतिहासिक एकताको मझधारमा रहेको बताएका छन् । अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै नेकपाका एक नेताले भने–पार्टी एकता गम्भीर संकटमा परेको छ । यो स्थायी समितिले एकता पनि घोषणा गर्न सक्छ । पार्टी फुटको प्लेटफर्म पनि हुन सक्छ ।’ प्रचण्डले पार्टी एकतालाई जोगाइराख्न सक्दो प्रयास गर्ने तर अब जे पनि निर्णय हुनसक्छ त्यसका लागि तयार भएर बस्न पनि नेताहरुलाई आश्वस्त पारेका छन् ।
प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टाछुट्टै भेटेर फर्किएपछि स्थायी समितिका सदस्यहरुका बीचमा सम्बोधनका क्रममा यी भनाइ सार्वजनिक गरेका हुन् । पार्टीको जीवनमा यो बैठक ऐतिहासिक हुने उनले बताएका छन् ।
बिहीबार बिहान मन्त्रिपरिषद बैठक राखेर संसद अधिवेशन अन्त्य नगर्न गरेको आग्रह प्रधानमन्त्री ओलीले अटेर गरेपछि प्रचण्ड राष्ट्रपति विद्यादेवी भाण्डारीलाई भेट्न पुगेका थिए । भण्डारीलाई उनले संसद अधिवेशन अन्त्य गर्ने सिफारिस हतार हतार सदर गरेझैं अध्यादेश जारी नगर्न आग्रह गरेको बताएका छन् । उनले राष्ट्रपतिलाई पक्षधरता नलिन आग्रह गरेको जानकारी स्थायी समिति सदस्यहरुलाई दिएका छन् ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend