काठमाडौं । दुई तिहाई बहुमतको नजिक शक्ति हासिल गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । स्वयं दोस्रो बरियताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुट र ऐतिहासिक एकताको मझधारमा रहेको बताएका छन् । अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै नेकपाका एक नेताले भने–पार्टी एकता गम्भीर संकटमा परेको छ । यो स्थायी समितिले एकता पनि घोषणा गर्न सक्छ । पार्टी फुटको प्लेटफर्म पनि हुन सक्छ ।’ प्रचण्डले पार्टी एकतालाई जोगाइराख्न सक्दो प्रयास गर्ने तर अब जे पनि निर्णय हुनसक्छ त्यसका लागि तयार भएर बस्न पनि नेताहरुलाई आश्वस्त पारेका छन् ।
प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टाछुट्टै भेटेर फर्किएपछि स्थायी समितिका सदस्यहरुका बीचमा सम्बोधनका क्रममा यी भनाइ सार्वजनिक गरेका हुन् । पार्टीको जीवनमा यो बैठक ऐतिहासिक हुने उनले बताएका छन् ।
बिहीबार बिहान मन्त्रिपरिषद बैठक राखेर संसद अधिवेशन अन्त्य नगर्न गरेको आग्रह प्रधानमन्त्री ओलीले अटेर गरेपछि प्रचण्ड राष्ट्रपति विद्यादेवी भाण्डारीलाई भेट्न पुगेका थिए । भण्डारीलाई उनले संसद अधिवेशन अन्त्य गर्ने सिफारिस हतार हतार सदर गरेझैं अध्यादेश जारी नगर्न आग्रह गरेको बताएका छन् । उनले राष्ट्रपतिलाई पक्षधरता नलिन आग्रह गरेको जानकारी स्थायी समिति सदस्यहरुलाई दिएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend