Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अध्यादेश ल्याउन सक्ने आशंकामा प्रचण्ड राष्ट्रपति भेट्न शितलनिवासमा


    बिहिबार, असार १८ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकबाट संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि राजनीतिमा तरंग पैदा भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा यसले खैलाबैला मच्चाएको छ । प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने आश)का नेकपाका नेताहरुले गर्नथालेका छन् ।

    अधिवेशन अन्त्यको निर्णय सरकारले गर्नासाथ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । अध्यादेश जारी गर्ने आशंका प्रकट हुन थालेपछि प्रचण्ड राष्ट्रपति भेट्न गएको अर्थ लगाइएको छ ।

    प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै उनी शीतल निवास पुगेका हुन् । ओलीसँग प्रचण्डले स्थायी कमिटी बैठकमा नआउने तर संसद अधिवेशन अन्त्य गरेकोमा आक्रोस पोखेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार