Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • ६ दिनका लागि प्रतिनिधि सभा बैठक स्थगित


    मंगलबार, माघ २५ २०७८
    660
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । भोलि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । 

    सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार बैठक स्थगित भएको हो ।  सरकारको आग्रहमा भोलिका लागि तय भएको बैठक ६ दिनका लागि स्थगित गरिएको जनाइएको छ । 

    संसद् सचिवालयले भोलिको बैठको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्ने तयारी हुँदा बैठक सारेको हो । भोलिका लागि सार्वजनिक सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता समावेश भएको थिएन । 

    प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदमा टेबुल गर्ने पक्षमा रहेका छन् भने गठबन्धन दलहरुबीच सहमति हुन सकेको छैन ।

    न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार