काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको निवर्तमान अध्यक्ष कमल थापाले नयाँ पार्टी घोषणा गर्ने तयारी गरेको थापानिकट नेताले जनाएका छन्।
थापाले सोमबार काठमाडौंमा आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाए आफूले विकल्प सोच्न सक्ने बताएका छन्। भेलामा सहभागी एक नेताले भने, ‘कुरा सुन्दा उहाँले नयाँ पार्टी खोल्ने तयारी गरेको देखिन्छ। यद्यपि उहाँले यसबारे प्रष्ट भन्नुभएन।’ भेलामा सहभागी एक नेताका अनुसार थापाले भनेका थिए, ‘मैले पार्टी अध्यक्षसँग सैद्धान्तिक, सांगठनिक र व्यावहारिक विषयमा ध्यानाकर्षण गराएको छु। मेरो चासोको विषय सम्बोधन भएन भने नयाँ विकल्पमा जान सक्छौं।’
थापाले यसअघि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई २ पटक चिठी लेखेर राप्रपाको महाविधेशनमा पूर्वराजाले खेलेको हस्तक्षेपको विषयमा छानविन गर्न एउटा समिति बनाउन माग गरेका छन् । छानविन समिति नबनाए दुर्घटना हुनसक्ने उनको भनाइ छ।
गत शनिबार थापा र पार्टी अध्यक्ष लिङदेनबीच भेटवार्ता भएको थियो। भेटवार्ता सकारात्मक नभएको राप्रपाका नेताहरू बताउँछन्। लिङदेन निकट नेताका अनुसार पूर्वराजाको हस्तक्षेपको छानबिनको विषयमा समिति बनाउन लिङदेन तयार छैनन्। नागरिक दैनिकमा खबर छ ,
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend