Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मन्त्रिपरिषद् बैठक: आज स्थानीय तहको निर्वाचनको मिति घोषणा होला ?


    सोमबार, माघ २४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं  । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि बोलाएको मन्त्रिपरिषद बैठक ढिला गरी सुरु भएको हो ।

    बैठकमा स्थानीय तह निर्वाचनको मिति घोषणाबारे छलफल हुने प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।  आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।

    सोमबार बिहान प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसँग छुट्टै छलफल गरेका थिए । त्यसैले आजको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने सम्भावना धेरै छ ।

    निर्वाचन आयोगले आगामी ५ जेठमा सात सय ५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले वैशाख अन्तिम वा जेठ पहिलो साता निर्वाचन गर्नुपर्ने सरकारलाई सिफारिस गरिसकेको छ । प्रधानमन्त्री देउवाले ४ जेठमा निर्वाचनको मिति तोकिने यसअघि नै जानकारी गराइसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार