Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लिङ्देनलाई कमल थापाको चेतावनी- स्थानीय चुनाव घोषणाअघि माग सम्बोधन नभए नयाँ यात्रा सुरू गर्छु


    सोमबार, माघ २४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटको अवस्थामा पुगेको छ।

    गत मंसिरमा भएको महाधिवेशनबाट अध्यक्षमा हारेका कमल थापाले आफ्ना तीन वटा माग पूरा नभए नयाँ पार्टी गठनको संकेत गरेका छन् ।

    पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै आएका थापाले सोमबार पदाधिकारी, केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए ।

    शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद भएपनि कुनै प्रगति नभएको भन्दै उनले स्थानीय तहको निर्वाचन घोषणा गर्दा समेत आफ्ना मुद्दा संवोधन नभए विकल्प खोज्ने बताए ।

    उनले भने, ‘मैले उठाएका सैद्दान्तिक, सांगठनिक र वैचारिक पक्षहरु सम्बोधन भएन भने विकल्प खोज्नुपर्ने हुनसक्छ । त्यो अवस्थाका लागि तयार भएर बस्नुस् ।’

    आफूले विकल्प खोजेको अवस्थामा साथ दिन समेत उनले नेताहरुलाई आग्रह गरे । उनले अघि भने, ‘म दबाब दिन्नँ, आफ्नो अन्तरआत्मालाई सुन्नुस् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार