महोत्तरी । स्थानीय तहको निर्वाचन जेठमा हुने चर्चापछि महोत्तरीका राजनीतिक दलहरूमा दौडधुप बढेको छ । जनमत बटुल्न उनीहरू सरकार र अन्य पार्टीको असफल पाटाहरूलाई खोतलेर हतियारका रुपमा प्रयोग गर्न थालेका छन् ।
संघीयतापछि महोत्तरीका कतिपय स्थानीय सरकारले अलमलमा नै बिताए भने कतिपय शक्ति सन्तुलन तथा जिम्मेवारी बारेमै अनविज्ञ रहे । जसका कारण पाँच वर्षे कार्यकाल फलदायी बन्न सकेन ।
प्रतिपक्षमा बसेर सरकारको कमजोरी र बदमासीलाई नजरअन्दाज गरिरहेका विपक्षी पार्टीका नेता कार्यकर्ताहरूले समाजिक सञ्जालमा भण्डाफोर अभियान समेत चलाउन थालेका छन् । एकातिर निर्वाचनमा आफूहरूको सहभागीतालाई सुनिश्चित गर्न पार्टीका नेता कार्यकर्ता कसरी परिचालन गर्ने भन्ने विषयमा छलफलले तीव्रता पाएका छ भने अर्काेतिर पार्टीको टिकट पाउने दाउपेचले नेताहरूको घरमा भिड देखिन थालेको छ ।
पुराना अनुहार दोहोरिनु नहुने अडान
अघिल्लो कार्यकालमा जनप्रतिनिधि बनेका अनुहार फेरि दोहो¥याउनु नहुने नेता कार्यकर्ताहरूको अडान छ । यसपटक जित्नेलाई टिकट दिनुपर्ने र व्यक्तिको लोकप्रियताको ख्याल गर्नुपर्ने तल्लोस्तरका कार्यकर्ताहरूले सुझाउ दिँदै आएका छन् ।
सामाजिक सञ्जालबाट नै नेताहरूको नाम तोकेर राखिएका कार्यकर्ताहरूको स्टाटस अझ रोचक छ । बर्दिबास नगरपालिकामा माओवादी केन्द्रबाट विजयी नगरप्रमुख विदुर कार्की, कांग्रेसबाट प्रल्हाद क्षेत्री, नेकपा एमालेबाट टेकबहादुर बलाम्पाकी, सारदा देवी थापा, नेकपा एसबाट सुरेश राउत लगायतका नेताहरूलाई उम्मेदवार बनाउनु पर्ने उनीहरूको माग छ ।
कार्यकर्ताहरूले सामाजिक सञ्जालबाट दबाबमूलक इच्छा प्रकट गरे पनि पार्टीको निर्णय नसोचेको हुन सक्ने नेताहरू वताउँछन् । स्थानीय तहमा समेत निर्वाचन गठबन्धन कायम रहने हो भने निर्वाचन माहोल अझ रोचक बन्ने देखिएको छ ।
निर्वाचन आयोगले सिफारिस गरेको मितिमा यदि निर्वाचन भए अब करिब सय दिन बाँकी छ । यो छोटो अवधिमा कतिपय पार्टीमा आन्तरिक कलह उत्कर्षमा छ । नेकपा एमालेमा जिल्लामा अझै अधिवेशन हुन सकेको छैन भने नेपाली कांग्रेसमा अझै क्षेत्रीय अधिवेशन हुन बाँकी छ । ‘निर्वाचन माहोल तयार गर्न सबै जना एक ढिक्का भएर लाग्नु पर्ने ठाउँमा प्यानलको नाममा अधिवेशन अलमलमा परेको छ ।’ कांग्रेस महोत्तरीका नेता तथा जिल्ला महासचिव बजरङ्ग नेपाली वताउँछन् । ‘अधिवेशन सकेर एक महिना अगाडि टिकट पनि वितरण गर्नुपर्ने हुन्छ समय अत्यन्त छोटो छ ।’ उन्ले भने ।
केन्द्रको निर्देशनअनुसार नेपाली कांग्रेसले क्षेत्रीय अधिवेशन सकेर फागुनभित्र जिल्ला अधिवेशन सक्नै पर्ने हुन्छ । जिल्ला सभापति महेन्द्र राय केन्द्रीय सदस्यमा मनोनित भएसँगै जिल्ला सभापतिको लागि ठाउँ रिक्त बनेको छ । तर, कहिले निर्वाचन अधिकृत अपहरण गर्ने त कहिले निर्वाचनस्थलको बहानामा दुई पक्षको मनमुटावले अधिवेशन अन्योलमा परेको छ ।
यता एमालेको जिल्ला अधिवेशनका सम्बन्धमा पनि पार्टीभित्र ठूलो विवाद छ । नेकपा एमाले महोत्तरीका संयोजक तथा पोलिटब्यूरो सदस्य रामदयाल मण्डल र इन्चार्ज टेकबहादुर बलाम्पाकीबीच मतभेदको कारण दुरी बढेको छ ।
माओवादी केन्द्र, नेकपा एस, लोसपा, जसपा, राजपा जस्ता दलहरू भने चुपचाप बसेका कारण केही विवाद नभए झै देखिन्छ । तर, लोसपा फेरि टुक्रने अवस्थामा आएको नेताहरूले अभिव्यक्ति दिइरहेका छन् ।
समग्रमा पार्टीभित्र देखिएका आन्तरिक कलह, गुटबन्दी र प्यानलका कारणले स्थानीय निर्वाचनमा यसको असर ट्डकारो रूपमा देखिन सक्ने नेताहरूको अनुमान छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend