Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश प्रदेशमा नेकपा समाजवादीलाई थप एक राज्यमन्त्री, रायले पाए जिम्मेवारी


    आइतबार, माघ २३ २०७८
    575
    Shares
  • १ मिनेट पाठ
  • जनकपुरधाम ।  मधेश प्रदेश सरकारमा एक राज्यमन्त्री थपिएका छन् ।  

    एक मन्त्रालयसहित मधेश प्रदेश सरकारमा ५ मंसिरमा सहभागि नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिएका हुन् । नेकपा एकीकृत समाजवादीको भागमा परेको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयका राज्यमन्त्रीमा नागेन्द्र राय यादव आइतवार पद तथा गोपनियताका शपथ लिएका छन् । 

    मुख्यन्त्री लालबाबु राउले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । उक्त मन्त्रालयको मन्त्री अहिले नेकपा एसका संसदीय दलका नेता सत्रुधन महतो रहेका छन् । राज्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनियताको शपथ खुवाएका थिए । 

    राज्यमन्त्री भएका यादव रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को क का सासद हुन् ।यो  मधेश प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्री र ४ जना राज्यमन्त्री भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार