Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बहालवाला र भूतपूर्व प्रधानमन्त्री ‘सहसचिव’को स्तरमा झरेर एमसिसीलाई पत्र लेखेको मिश्रको टिप्पणी


    आइतबार, माघ २३ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश गम्भीर संकटतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । देशका बहालवाला र भूतपूर्व प्रधानमन्त्री ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेखेको भन्दै उनले टिप्पणी गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसीलाई पत्र लेखेको विषयलाई उनले ‘सहसचिव’ को स्तरमा झरेको उल्लेख गरेका हुन् । 

    उनले विभिन्न ६ वटा बुँदा उल्लेख गर्दै देश गम्भीर संकट उन्मुख रहेको उल्लेख गरेका छन् । 

    जब देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्री ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेख्छन्,
    बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्छन्,
    कोही भूतपूर्व प्रधानमन्त्री ‘होली वाइन’मा नुहाउँछन्,
    कोही जातीयता र क्षेत्रीयताको नारा चर्काउँछन्,
    तिनकै पछाडि निहित स्वार्थले देशका धेरै वुद्धिजिवी, व्यापारी, र गलत बुझाईले बहुसंख्यक नागरिक दौडिन्छन्,
    देशका सबै भनेजसो सार्वजनिक संस्थाहरू अशास्य भएर जान्छन्,
    बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ ।

    <iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Frabindramishra.official%2Fposts%2F502191994599070&show_text=true&width=500″ width=”500″ height=”239″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार