Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा केपीले बनाए सभामुखको बहिर्गमनलाई मुख्य एजेण्डा


    आइतबार, माघ २३ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गनमनको विषयलाई तीन दलका शीर्ष नेताहरुको बैठकमा मुख्य एजेण्डाको रुपमा प्रस्तुत गरेको छ । 

    आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्नका लागि मार्गप्रशस्त गर्नुपर्ने सर्त अघि सारेको हो । 

    बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रतिनिधि सभामा उपस्थित भएर राष्ट्रिय सरोकारको विषयमा एमालेले छलफल गर्न चाहेको भएपनि त्यसका लागि सत्तापक्षले वातावरण बनाउन नसकेको बारे बैठकमा कुरा राखेको बताए । 

    सभामुख सापकोटाको भूमिकाका कारण प्रतिनिधि सभामा उपस्थित हुन गारो परेको उनले बताए । 

    सदनमा प्रमुख प्रतिपक्षीको उपस्थिति आवश्यक छ भन्ने सत्तापक्षले महसुस गर्छ भने आफूहरुको माग सम्बोधन गर्न आग्रह गरेको उनले बताए । 

    सभामुखका तर्फबाट भएको कमजोरी सच्चाउने दिशातर्फ अघि बढे समस्या समाधान हुने उनले बताए । 

    ‘१४ जना गैर सांसदहरुलाई राखेर प्रतिनिधि सभा चलाउने काम भइरहेको छ त्यसलाई रोक्नु पर्छ। गैर सांसदको उपस्थितिमा प्रतिनिधि सभा अघि बढ्न सक्दैन’ बैठकपछि उनले भने, ‘दलले कारबाही गरेर व्यक्तिहरुलाई राखेर संसद चलाउने कुरा प्रति हाम्रो असहमति छ।  त्यो कुरालाई रोक्न नसक्ने हो भने सभामुखले मार्ग प्रशस्त गर्नु पर्छ।’

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीका विषयमा सहयोग गर्न आग्रह गरेका थिए  भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साझा दृष्टिकोण बनाएर अघि जान एमालेसँग प्रस्ताव गरेका थिए । तर, एमालेले भने सत्तापक्षबाट नै एमसिसीका विषयमा फरक फरक धारण आइरहेको भन्दै पहिला समान धारणा बनाएर आउन आग्रह गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार