काठमाडाैं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्ता गठबन्धनले सरकारलाई साथ नदिए विकल्प खोज्ने बताएका छन् । विशेष गरी संविधान कार्यान्वयन, सुशासन, राष्ट्रिय मुद्दा र स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले समर्थन नगरे गठबन्धन तोडिन सक्नेतर्फ संकेत गरेका हुन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता विश्वकर्माले गठबन्धनले जुन एजेन्डाका लागि सरकारलाई साथ दिने प्रतिबद्धता जनाएको हो, सोही मुद्दाबाट पर भाग्न खोजेपछि गठबन्धनमा रहिरहनुको अर्थ नभएको बताए । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्ता गठबन्धनमा पैदा हुन लागेको हलचलको विषयमा केन्द्रित भएर नेता विश्वकर्मासँग गरेको कुराकानीः
एमसीसीमा कांग्रेसका केही नेताहरूबीचमै दुईथरी मत छ, पार्टीको संस्थागत धारणा के हो ?
एमसीसीको सम्बन्धमा नेपाली कांग्रेसको धारणा पास गरेर जानुपर्छ भन्ने नै हो । तर सत्ता गठबन्धन र अन्य दलहरूबीच पनि यसलाई लिएर पक्ष विपक्षमा उभिनुले बढी बहस गर्नुपर्ने अवस्था आएको हो । राष्ट्र र जनताको हितमा भएको कारण यसलाई संसदमा लगेर अनुमोदन गर्न सरकारले अग्रसरता लिनुपर्छ । यसलाई समर्थन नगर्ने दल र नेतालाई पनि विश्वासमा लिएर जाने काम सरकार र यसलाई समर्थन गर्ने दलको हो । सदनबाट सकेसम्म सर्वसम्मत रूपमा पारित गरेर जाउँ भन्ने नेपाली कांग्रेसको आधिकारिक र साझा धारणा हो । नेपालको पूर्वाधार विकासमा प्राप्त हुन लागेको सहयोगले देशको समृद्धिमा टेवा पु¥याउने भएकाले शंका र अविश्वास गर्नुपर्ने कुनै कारण छैन ।
एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धनमै आवद्ध दलहरू सहमत छैनन्, कसरी पास गर्न सम्भव हुन्छ ?
एमसीसी खारेज गर्नुपर्छ भन्ने उग्रवादी दल र नेताहरू पनि यसलाई केही परिमार्जन गरेर पास गरौँ भन्नेमा पुगेको अवस्था छ । हाम्रो तर्फबाट अझै मनाउने प्रयास भइरहेको छ, र हुनेछ । विरोध गर्ने दलहरू अहिले संकल्प प्रस्ताव बनाएर पारित गर्नसम्म मान्ने अवस्था पुगेका छन् । सर्वदलीय सहमतिमा एमसीसी पास गराउने गरी नेपाली कांग्रेसको अग्रसरतामा दलहरूसँग निरन्तरजसो छलफल भइरहेको छ । पहिले अत्यन्तै पेचिलो बनेका दलहरू अहिले यो मुद्दामा लचिलो बन्दै आएका छन् । पहिले छलफल नभई विरोध भएको थियो भने पछि बुझ्दै जाँदा यसलाई राष्ट्र हितको सहयोगको रूपमा लिन थालेका छन् । विरोध गर्ने दलहरू यसको समर्थनमा उभिएर एमसीसी अनुमोदन हुने आशा गरेका छौं ।
कांग्रेसले गठबन्धनमा आबद्ध सबै दलले एमसीसीको समर्थन नगरे गबठन्धन तोड्ने तयारी गरेको हो ?
एमसीसीलाई सबै दलले लगभग मौन समर्थन गरेका छन् । तर ठूलो पार्टी भएकाले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीको समर्थन खुलेर गरेका छन् । अन्य दलका नेताले राजनीतिक बेइमानी र बठ्याइँ गरेका छन् । एमसीसी प्रस्ताव उपयुक्त लागे पनि अन्य बाँकी दल र शीर्ष नेताले खुलेर समर्थन गर्न सकेका छैनन् । यो कुरा प्रधानमन्त्री देउवालाई मन परेको छै्रन ।
सकेसम्म एमसीसीलाई सत्ता गठबन्धनसँग जोडेर हेर्न नपरे हुन्थ्यो भन्ने हो, तर गठबन्धनमा आबद्ध सबै दललाई सहमतिमा समर्थन गराउने प्रयास हुनेछ । संविधान कार्यान्वयन, सुशासन र राष्ट्रिय मुद्दा अलपत्र परेकाले यसलाई ट्रयाकमा ल्याउन देउवा प्रधानमन्त्री बन्नुभएको हो । जे कुराका लागि प्रधानमन्त्रीलाई सत्ता गठबन्धनले साथ दिने प्रतिबद्धता जनाएको थियो त्यही साथ नपाएपछि गठबन्धनको के अर्थ ? एमसीसी अनुमोदनमा सत्ता गठबन्धनमा रहेका दलले साथ दिएनन् भने गठबन्धनको विकल्प खोजिनेछ ।
त्यो विकल्प एमालेसँग सहकार्य हो ?
संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन र केही पेचिला राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन गठबन्धनले साथ नदिए नेपाली कांग्रेसले गठबन्धनको विकल्प खोज्छ । त्यो विकल्प कुन दल हुनेछ । समय आएपछि थाहा हुन्छ, तर एमाले पनि नहोला भन्न सकिन्न ।
एमसीसीमा कांग्रेसभित्र सबैको समर्थन छ ?
पार्टीको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी भए पनि सबैको समर्थन छ भन्ने नै हो । कोही नेता अरुले पनि विरोधमा बोल्नु भएको सुनिएको छैन ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend