काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र प्रधानमन्त्री तथा पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेताद्वय झलनाथ खनालसहितका शीर्षनेताहरुको मोर्चाबन्दी भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि ओली, प्रचण्ड र माधव नेपालको भागबण्डाका आधारमा मनोनीत गरिएको सचिवालय र स्थायी समितिमा एक पक्ष जता लाग्यो उतै बहुमत हुने अवस्था छ । पहिला प्रचण्ड ओलीतिरै थिए, माधव नेपाल जति मुुर्मुरिए पनि उनको केही जोड चलेन । अहिले प्रचण्ड र माधव नेपाल पक्ष एक ठाउँमा आएपछि ओली कमजोर भएका छन् । तर ओलीविनाको नेकपाको परिकल्पना गर्नेगरी प्रचण्ड–नेपाल–गौतम–खनाल गठजोड अगाडि बढेको छ ।
ओलीलाई दुवै पदबाट हटाएर प्रचण्ड झन्डै दुईतिहाई बहुमतप्राप्त नेकपाको अध्यक्ष हुने दाउमा छन् । ओलीमात्र उनका लागि ठूलो चुनौती थिए, उनलाई पन्छाउने उपयुक्त अवसर अहिले प्रचण्डले पाएका छन् । जुन अवसर उनी फुत्किन दिने पक्षमा छैनन् । पार्टीमा बरियतामा तल राखिएको भन्दै माधव नेपालसँग आक्रोसित भएका झलनाथ खनाल पनि अहिले यो मोर्चामा आवद्ध हुन पुगेका छन् ।
यो मोर्चाबन्दीमा खनालदेखि गौतमसम्म सबै अटाइनुको कारण पदमा भागबण्डा पनि रहेको स्रोत बताउँछ । स्रोतका अनुसार प्रचण्डको यो ग्रान्डडिजाइनमा प्रधानमन्त्रीमात्र होइन ओलीलाई अध्यक्षबाट पनि हटाउने छ । ओलीलाई हटाएपछि राष्ट्रपति विद्या भण्डारीको विकल्प खोज्ने योजना उनको छ । प्रधानमन्त्रीमा माधव नेपाल र नेकपाको दोस्रो बरियताको अध्यक्षमा वामदेव गौतमलाई बनाउने डिजाइन छ । राष्ट्रपतिको ललीपप झलनाथ खनाललाई देखाइएको छ ।
नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिने छ । यसरी भागबण्डा भएकाले सबै शीर्षनेता अहिले एकढिक्का भएर ओलीबिरुद्धको मोर्चाबन्दीमा लागेका छन् । यो मोर्चाबन्दीको सबै लाभ भने प्रचण्डले लिनेछन् । यो डिजाइन सफल भएमा ७० प्रतिशत हाराहारीको एमालेसँग एकता गरेको २ बर्षमै प्रचण्ड नेकपाको उच्चासनमा पुग्नेछन् ।
त्यसपछि १ नम्बर प्रदेश र बागमती प्रदेशको मुख्यमन्त्रीमा क्रमशः भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई प्रतिष्ठापित गराउने योजना प्रचण्ड–माधव नेपाल पक्षको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend