तनहुँ। अधिवेशन सुरु भएको दुई महिनापछि मात्र नेकपा माओवादी शुक्लागण्डकी नगर कमिटीले पूर्णता पाएको छ । बिहीबार मतदानमार्फत नगर कमिटीले पूर्णता पाएको हो ।
नगर कमिटीको अध्यक्षमा मनराज गुरुङ निर्वाचित भएका छन् । गुरुङ निकटतम प्रतिस्पर्धी शरण सापकोटालाई १५ मतान्तरले पराजित गर्दै नगर कमिटी अध्यक्ष बन्न सफल भएका हुन् । गुरुङले ३९ र सापकोटाले २४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
गुरुङले यसअगाडि नगर कमिटी सचिव र कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । सापकोटा वाइसिएल तनहुँका इन्चार्ज हुन् । गुरुङलाई गण्डकी प्रदेश कमिटी सदस्य मुक्ति सिग्देल समूह र सापकोटालाई गण्डकी प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रीय सदस्य आशा कोइराला समूहको आशीर्वाद थियो ।
मतदानमार्फत अध्यक्षको टुंगो लगाउँदा गृहनगरमै केन्द्रीय सदस्य कोइराला समूह सिग्देल समूहभन्दा कमजोर देखिएको छ । पार्टीमा सिग्देल र कोइरालाको टसल रहेको चर्चा छ । नगर कमिटी अध्यक्षमा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य भद्रबहादुर खत्री (विष्णु) पनि उम्मेदवार थिए । तर, मतदान प्रक्रियामा नगइकन उनले उम्मेदवारी फिर्ता लिए ।
६५ सदस्यीय नगर कमिटी भए पनि विश्वजित गौतम (दिनेश) र जौमाया बराल सुनारले नगर कमिटीबाट राजीनामा दिएर प्रदेश कमिटी सदस्य भएपछि ६३ मतदाताले अध्यक्ष र उपाध्यक्ष चयनका लागि मतदान गरेका हुन् ।
उपाध्यक्षमा राजु राना, रामचन्द्र भण्डारी र चेतनारायण पौडेल विजयी भएका छन् । रानाले सर्वाधिक ५४ मत पाउँदा भण्डारी र पौडेलले समान ४७ मत प्राप्त गरे । बुद्धिबहादुर खत्रीले २६ मत पाए । प्रथम नगर अधिवेशनमा जौमाया बराल सुनारले पनि उपाध्यक्षमा उम्मेदवारी दिएकी थिइन् । प्रदेश सदस्य हुनलाई उनले उम्मेदवारी फिर्ता लिइन् ।
सहसचिवमा बिहीबार नै सुमन आले सर्वसम्मत भए । सहसचिवमा अनीश ढकाल, विनोद पौडेल र मिलन महतले उम्मेदवारी दिएर दाबी प्रस्तुत गरिरहेका थिए । अन्ततः आले सर्वसम्मत सहसचिव बन्न सफल भए ।
मंगलबार भएको बैठकले नगर कमिटीको सचिवमा जीवन पोखरेल र कोषाध्यक्षमा झ्यामकुमारी थापालाई चयन गरेको थियो । सचिवमा अनिल तिवारी र कोषाध्यक्षमा पहलसिंह विकको उम्मेदवारी परेको थियो । सर्वसम्मतका लागि दुवै ब्याक भए ।
११ मंसिरमा देशभर एकसाथ माओवादीको प्रथम गाउँ तथा नगर अधिवेशन सुरु भएको थियो । आकांक्षी धेरै भएपछि अधिवेशन सुरु भएको दिन ६५ सदस्यीय शुक्लागण्डकी नगर कमिटी मात्र चयन भयो । १८ मंसिरलाई निर्वाचनको मिति तोके पनि सर्वसम्मत नेतृत्व टुंगो लगाउने भन्दै हुन सकेन ।
पार्टीको आन्तरिक गुटगत किचलोको कारण लामो समयसम्म पदाधिकारीको टुंगो लाग्न सकेको थिएन । किस्ता किस्तामा पदाधिकारी चयन गर्दै शुक्लागण्डकी नगर कमिटीले पूर्णता पाएको छ । योसँगै तनहुँका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन भएको छ । न्युज कारखाना
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend