Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थानीय तहको निर्वाचन मिति तोक्न माग गर्दै अनेरास्ववियुले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण


    बिहिबार, माघ २० २०७८
    3.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । 

    कान्तिपथस्थित निर्वाचन कार्यालयबाट अध्यक्ष सुनीता बराल नेतृत्वको टोली मार्चपाससहित बालुवाटार पुगेर स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको हो । 

    निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई आग्रह गरेको पत्रसहित पुगेका अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलय कन्ट्रोलका उपसचिव जनकराज भट्टलाई पत्रमार्फत स्थानीय तहको निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।  

    akhil-4-.jpgakhil-9-.jpgakhil-10-.jpgakhil-5-.jpgakhil-3- (1).jpgakhil-11-.jpgakhil-14-.jpgakhil-8-.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार